विश्व परिवेश अंग्रेजी साम्राज्यको विस्तारसँगै फुटबल विश्वभर फैलने क्रममा एसिया र अन्ततः दक्षिण एसियामा आएको देखिन्छ । भारतमा इस्ट इन्डिया कम्पनीले राज्य गरेपछि नेपालमा पनि त्यसकै प्रभावले फुटबल भित्रिएको हो । तिहारताका फालिने भोगटेलाई युवाहरू गुडाउने अथावा हिर्काउने गर्थे । लगभग त्यसरी नै भकुन्डोलाई हिर्काउने खेल नै फुटबल हो भनेर कसैलाई थाहा थिएन । राणाकाल त्यसैका परिवारबाहेक सर्वसाधारण जनताका लागि पढ्ने लेख्ने छुट थिएन । भारत गएर उच्च शिक्षा हासिल गरेर नेपाल छिरेकाहरू सीमित थिए । त्यसैबेला केही जङ्ग थापा र नरसिंह राणाहरू पनि पढ्न भारत गएका थिए । त्यो समय.भारतमा...
अंग्रेजी शासन चलिरहेको थियो । स्कुल र कजेजमा अंग्रेजले आफूसँग ल्याएका खेलहरू पनि समावेश गरे । त्यही समय भारतमा पढेकाले नै पहिलोपल्ट फुटबल खेलेको हुनु पर्छ । कालान्तरमा तिनै थापा र बस्नेतहरूले फुटबललाई नेपालमा पनि ल्याए ।
अंग्रेजी शासन चलिरहेको थियो । स्कुल र कजेजमा अंग्रेजले आफूसँग ल्याएका खेलहरू पनि समावेश गरे । त्यही समय भारतमा पढेकाले नै पहिलोपल्ट फुटबल खेलेको हुनु पर्छ । कालान्तरमा तिनै थापा र बस्नेतहरूले फुटबललाई नेपालमा पनि ल्याए ।
नेपाली परिवेश
नेपाली फुटबल जन्मदाता नरशम्शेर भनिएता पनि उनीभन्दा पहिले यिनै थापा र बस्नेतलले नेपालमा फुटबल विस्तार गरेको हो । त्यो समय स्पष्ट किटान गर्न नसकिने भएता पनि त्यो कालखण्ड वि. सं. १९७० पछिको हुनु पर्ने अनुमान छ । ठमेलका नारायण नरसिंह राणा र नक्सालका सूर्यजंग थापा त्यो बेला नेपाली फुटबलमा सुनिएका नाम हुन । नरशम्शेरले नेपाली फुटबललाई संस्थागत रूप भने दिएका हुन । उनले आफ्नो आत्मकथामा पनि फुटबल भारतबाटै नेपालमा छिरेको लेखेका छन् । उनले भारतमा अध्ययनका लागि जाने जङ्ग थापा र नरसिंह राणाले नै त्यहाँ सुरुमा फुटबल खेल्न सिकेको र नेपाल र्फकंदा फुटबललाई पनि आफूसँगै ल्याएको उल्लेख गरेका छन् । त्यो समय पनि फुटबल हारजितका लागि खेलिने प्रचलन भने सुरु भएको थिएन । फुटबल राणाका दरबारमा मात्र सीमित थियो । आमनागरिकमा फुटबल पुगेको थिएन । त्यो बेला विषेश गरेर जावलाखेल दरवारको महावीर टिम र चारबुर्जा दरबारको ठमेल टिमबीच खेल हुने गथ्र्यो । यसका लागि एउटा टिमले अर्को टिमलाई निमयन्त्रण पठाउने काम हुन्थ्यो । पछि दरबारबाट संरक्षित टिमका लागि बबरमहल, टंगाल, सिंहदरबार, बहादुर भवन र ठमेलमा फुटबल मैदान पनि बने । सन् १९३० मा जनपक्षीय र र दरबार संरक्षित टिमले साझा रूपमा सिंहदरबार, छाउनी, गौचरण, जावलाखेल र लैनचोरमा फुटबल मैदान बनाएको देखिन्छ ।
इतिहास
साहित्यकार तथा इतिहासकार डायमण्ड शम्शेरका अनुसार दरबारका नातिले बाजेहरू आदेशलाई बेवास्ता गरेर सर्वसाधारणलाई पनि फुटबल खेलाउन सुरु गरे । लगभग त्यही समय नर एघार टिमको जन्म भएको विश्वास छ । सन् १९३४ मा आएर महावीर एघार, एनआरटी एघार, जावलखेल एघार र जनपक्षीय इन्स्टीच्युट एघारजस्ता टिमको स्थापना भयो । त्यसै वर्ष संस्थापगत रूपमा पहिलो फुटबल प्रतियोगिता भएको थियो । त्यसमा १२ टिम सहभागी थिए र त्यसलाई नरशम्शेरको नेतृत्वमा रहेको जावलाखेल क्लबले पहिलो स्थान हात पारेको थियो । प्रतियोगिताको सफल आयोजना भए पनि त्यसलाई विषेश कारणले सरकारी आदेशमा बन्द गरिएपछि दरबारबाहिर पनि गोप्य रूपमा फुटबल भने भइनै रहृयो ।
फुटबल समिति
विवाद, सहभागिता र लोकप्रीयता एकैपल्ट बढ्न थालेपछि सन् १९४७ मा श्री ३ पद्म शम्शेरको आज्ञामा फुटबल समिति गठन भयो । त्यसको अध्यक्ष मदनशम्शेर थिए । त्यही वर्ष राजा त्रिभुवनल फुटबलको संस्थागत विकास होस भनेर त्रिभुवन च्यालेञ्ज शिल्डको स्थापना भयो । हरिहर भवन अगाडिको मैदानमा भएको प्रतियोगितामा नरेश एघार पहिलो र एनआरटी एघार दोस्रो भएको थियो । पद्म शम्शेर पनि त्यही वर्ष रामजानकी कप सुरु गरे । त्यो बेलाको नेपाल पुलिस फोर्स रामजानकी कप लगातार तीन वर्ष जितेर शिल्ड आफ्नो कब्जामा लियो । नेपालमा लिग फुटबल सुरु गर्न अन्ततः त्यही नेपाल पुलिसको पनि ठूलो योगदान रहृयो । उसले नेपाली फुटबललाई निरन्तरता दिन २०११ साल एउटा नयाँ ट्रफी दियो । जुन 'शहीद स्मारक ट्रोफी' थियो र त्यही वर्षदेखि विधिवतः रूपमा शहीद स्मारक लिग फुटबल सुरु भयो । त्यस ट्रफीमा २०११ आश्विन १७ गतेको मिति अंकित छ र अगाडि लेखिएको छ, 'राष्ट्रपिता श्री ५ महाराजाधिराज त्रीभूवन विर विक्रम शाह देवका नेतृत्वमा एकतान्त्रीक शासनको विरुद्धमा विक्रम सम्वत २००७ सालको जनमुक्ति संग्राममा प्राण वलिदान गर्ने अमर शहीदहरूका चिरस्मृतार्थ श्री प्रगोदबा जीवी याकथुम्बा आइजीपी र नेपाल पुलिसका अफिसरहरूले चढाएको श्रदान्जली' ।
लिग फुटबल
नरशम्शेरले नेपाली फुटबललाई विकास गर्ने हो भने लिग फुटबलको आवश्यकतालाई महसुस गरे । नेपाल फुटबल संघको स्थापना चार सालमा नै भइसकेको थियो र उनी नै त्यसका हर्ताकर्ता थिए । तर पहिलो लिग फुटबल सुरु गर्न भने सात वर्ष पर्खिन पर्यो । प्रजातन्त्र प्राप्तिका लागि सात सालमा सुरु भएको आन्दोलनले फुटबलमा शिथिलता ल्यायो । आन्दोलन सफल भएपछि फुटबल फेरि लोकपि्रय हुन थाल्यो । फुटबललाई व्यवस्थित र नियमित गर्न २००८ सालमा नेपाल फुटबल संघ गठन भयो । त्यसको सचिव त्रैलोक्यनाथ उप्रेती र कोषाध्यक्षमा जानकीप्रसाद प्रधान दिए । आठ सालमै भएको त्रिभुवन च्यालेञ्ज शिल्ड काठमाडौं बाहिरको जलेश्वर एघारले जित्यो । नौ सालमा बालसखा दलको आयोजनामा देवीमाया मेमोरियल शिल्ड सुरु भयो । राजा महेन्द्रको शुभराज्याभिषेकअघि मात्र त्रिपुरेश्वरमा दशरथ रंगशाला निर्माण भयो । पछि त्यहाँ नै प्रतियोगिताहरू आयोजना हुन थाले । विराटनगरमा ०१८ सालदेखि महेन्द्र गोल्डकप सुरु भयो । त्यस्तै ०२५ देखि नरट्रफीको आयोजना पनि सुरु भयो । उता पहिलो संस्करणको लिग फुटबल महावीर-११ ले जित्न सफल भयो । नेपाल फुटबल संघ अस्तित्वमा रहेसम्म यसको आयोजना १५ पल्ट सम्भव भयो ।
अखिल नेपाल फुटबल संघले भने २०३२ सालयता यसको आयोजना सुरु गरेको हो । पहिलो लिग फुटबलमा कति टिम सहभागी थिए, महावीर-११ का खेलाडी अमृतमान श्रेष्ठलाई सबै राम्रोसँग हेक्का छैन । तर महावीर-११ समेत पुलिस फोर्स, एनआरटी, ठमेल, आरसीटी, पाटन, महाराजगञ्ज, जेएफसी टिमहरूले त्यसमा प्रतिस्पर्धा गरेको उनी बताउँछन् । त्यो समय बलियो टिम भनेको महावीर, पुलिस फोर्स र एनआरटी थिए । महावीरलाई भने कसैले हराउन सकेन । सिंहदरवारको उत्तरमा रहेको 'ब्लेड घर' अगाडीको मैदानमा प्रतियोगिताको आयोजना भएको थियो । 'विलियार्ड घर' नाम रहे पनि सबैले यसलाई ब्लेड घर नै भन्न रुचायो । यो घरबाट नै श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रलगायत राणाहरूले फुटबल नजर गर्थे । श्री ५ त्रिभुवन फुटबल भने पछि हुरुक्क हुन्थे । अमृतमान श्री ५ त्रिभुवनका पि्रय खेलाडी थिए । वि.सं. २०१३ सालमा प्रकाशनमा आएको 'फुटबल खेल' नामक कितावमा लेखक कृष्णबहादुर बर्मालाई सन्देश पठाउने क्रममा राजा त्रिभुवनले लेखेका छन् । 'सबै नेपाली युवकहरूले आदर्श खेलाडी बनुन र संसारमा नाम कमाउन । त्यो दिन पनि अब चाँडै आउला, जब नेपाली पनि संसारका खेलाडी सरह होलान, नेपाली युवकहरू हो, खेल, नाम कमाउ, योग्य होउ, संसारमा दाँजिने होउ' । महावीरले लिग जितेपछि डिल्लीबजारमा पूरा टिमलाई सिन्दुर जात्रा गरेर स्वागत गरिएको थियो । त्यो समयको डिल्लीबजार ठूलो थियो, त्यसमा अहिलेको बानेश्वर र ज्ञानेश्वर पनि आउँथ्यो । महावीरको खेल हुँदा पूरा डिल्लीबजार सुनसान हुन्थ्यो र टोलीबासी पल्टेर सिंहदरवार पुग्थ्यो । को खेलाडीले कस्तो खेल्यो भनेर पूरा टोलमा चर्चा हुने अमृतमान बताउँछन् । टिमका अन्य सदस्यहरूमा राइट-हाफ कृष्णबहादुर मानन्धर, लेफ्ट-हाफ नारायण बहादुर क्षेत्री, राइट-आउट नातीबाबु (खड्गमान), राइट-इन राधेश्याम श्रेष्ठ, सेन्टर-फर्वाड नरसम्शेर, लेफ्ट-इन तारकसम्सेर थापा, लेफ्ट-आउट रमेशविक्रम शाह, राइट-फुट हरिगोपाल कारञ्जित, लेफ्ट-फुट शेषराज जोशी तथा गोलरक्षकमा कोमलविक्रम शाह थिए । अहिले यस टिमका पाँच सदस्य मात्र जिवित छन् । त्यो समय रेफि्मा नाम चलेका चन्द्रबहादुर बस्नेत थिए । महावीर-११ को स्तरीयतालाई अमृतमान अहिले पनि कतिसम्म गर्व गर्छन भने त्यो टिम विश्वकप खेल्न लायक थियो । महावीरले प्रत्येक खेलको समाप्तीपछि त्यो समय अत्यन्त नाम चलेका धरहरा माइला र तिलहरी माइला दाजुभाईबाट खाजा मगाउँथ्यो ।
शुभ-जन्मोत्सवकप
राष्ट्रिय खेलकुद परिषदले ०३० सालदेखि शुभ-जन्मोत्सवकपको आयोजना गर्यो । त्यसको छ वर्षपछि एन्फा कप आमन्त्रण कपका रूपमा विदेशी टिम सहभागी हुने पहिलो प्रतियोगिताको आयोजना पनि सुरु भएको थियो । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा नेपालमा ०३९ सालमा एसियाली युवा फुटबलको समूह एक का खेल भएका थिए । त्यसमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । सहिद स्मारक लिग वर्ष र विजेताह
टिमहरु
२०११ महावीर-११,२०१२ नेपाल पुलिस फोर्स-११,२०१३ नेपाल पुलिस फोर्स-११,२०१४ सैनिक-११,२०१७ एनआरटी 'ए',२०१९ एनआरटी 'ए'
२०२० विद्या ब्यायाम,२०२३ महावीर-११,२०२४ फ्रेन्ड्स युनियन क्लब,२०२५ द्यौराली क्लब ठमेल,२०२६ महावीर-११,२०२७ द्यौराली क्लब ठमेल
२०२८ आरसीटी,२०२९ आरसीटी,२०३० आरसीटी,२०३२ ब्वाइज युनियन क्लब,२०३३ सुनाखरी एथलेटिक क्लब,२०३४ अन्नपूर्ण क्लब,२०३५ एनआरटी
२०३६ आरसीटी,२०३८ आरसीटी,२०३९ अन्नपूर्ण,२०४० संकटा क्लब,२०४१ आरसीटी,२०४२ संकटा,२०४३ मनाङ- मर्स्याङ्दी क्लब,२०४४ मनाङ- मर्स्याङ्दी
२०४६ मनाङ- मर्स्याङ्दी,२०५२ एनआरटी,२०५४ थ्रीस्टार क्लब,२०५७ मनाङ- मर्स्याङ्दी,२०६० मनाङ- मर्स्याङ्दी,२०६१ थ्रीस्टार,२०६२ मनाङ- मर्स्याङ्दी
२०६३ नेपाल पुलिस क्लब
0 comments:
Post a Comment